दूधजन्य पदार्थ खपतका लागि कृषिमन्त्री भुसालको आग्रह « Khabarhub

दूधजन्य पदार्थ खपतका लागि कृषिमन्त्री भुसालको आग्रह


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले सुरक्षाकर्मी, सामुदायिक तथा निजी विद्यालय, सरकारी कार्यालय र विभिन्न संघ/संस्था दूध र दूधजन्य पदार्थ खपतका लागि आग्रह गर्ने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको १ सय १७औँ बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भुसालले सो तयारीबारे जानकारी दिएका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्षसमेत रहेका मन्त्री भुसालले समयमा किसानले भुक्तानी नपाएको र अर्कातिर डीडीसी लगायतका डेरी उद्योगीले दूध र दूधजन्य पदार्थको बिक्री हुन नसकेको बताइरहेका बेला यसको खपतका लागि बजार विस्तारको योजना बनाएरै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘अब स्वदेशी उत्पादन खपतको अभियान चलाउनुपर्छ, दूध र दूधजन्य पदार्थ बिक्रीका लागि बजार विस्तार गरेरै अगाडि बढ्नुपर्छ ।’

बोर्ड बैठकले दूधजन्य पदार्थको खपतका लागि विभिन्न निकायसँग छलफलका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रालयले विभिन्न निकायसँग छलफल गरे पश्चात मन्त्रिपरिषदमा प्रस्ताव लगेर पास गराउने योजना बोर्डको छ ।

राज्यका तीनवटै सुरक्षा निकायमा दूध र दूधजन्य पदार्थ खपत हुन्छ भने विद्यालयहरूमा दिवा खाजामा सरकारले करोडौँ रकम लगानी गरिरहेको छ । यो अनुरोध कार्यान्वयनमा आए दूध र दूधजन्य पदार्थको बजार विस्तार हुने बोर्डको अपेक्षा छ ।

बैठकले दूध र दूधजन्य पदार्थको खपत कसरी बढाउन सकिन्छ, किसानको भुक्तानी कसरी दिने भन्नेबारे डेरी उद्योगी, दुग्ध सहकारी लगायतका निकायले ५ दिन भित्र बोर्डलाई ठोस प्रस्ताव दिनुपर्ने निर्णय गरेको छ ।

यस्तै डेरी उद्योगमा रहेको स्टक मालको परिणाम कति छ, किसानको भुक्तानीका लागि कति रकम चाहिने लगायतबारे पनि सम्बन्धित निकायले स्पष्ट खाका पेश गर्नुपर्ने छ ।

स्पष्ट खाका आएपछि तत्काल किसानको भुक्तानीका लागि सहुलियत ऋणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । सहुलियत ऋण लिएपछि कसरी तिर्न सकिन्छ त्यसको ठोस प्रस्ताव डीडीसी तथा निजी डेरी उद्योगीहरूले पेश गर्नुपर्ने गरी बोर्डमा छलफल भएको छ ।

साथै बैठकमा बोर्डको कार्यविधि तथा कर्मचारी प्रशासन विनियमावली २०४९ संशोधनका लागि गृहकार्य अगाडि बढाउने समेत निर्णय भएको छ । दुग्ध विकास बोर्डको पुनःसंरचनाका लागि समिति बनाएर काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ५९ बजे

अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया

काठमाडौं– सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

जनकपुरधाम– धनुषा जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको

राष्ट्रिय कृषि नीति, २०८३ जारी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,

एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं– एनसेलले नयाँ मनसुन अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत

झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित