चाडपर्वले एकापसमा एकता र सद्भाव कायम गर्छ : माधव नेपाल  « Khabarhub

चाडपर्वले एकापसमा एकता र सद्भाव कायम गर्छ : माधव नेपाल 


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्। 

अध्यक्ष नेपालले माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज शुभकामना दिँदै धार्मिक, सांस्कृतिक, जातीय एवं भाषिक विविधताको संरक्षणबाट राष्ट्रिय एकता सुदृढीकरण गर्न सकिने उल्लेख गरे। साझा नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले नेपालीले आ–आफ्नो मौलिकताका साथ मनाउने मकर सङ्क्रान्ति अर्थात् माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।

विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ–आफ्नो समुदायको संस्कृतिअनुसार तरुल, सेलरोटी, घ्यू, सख्खर, तिलको लडडु, खिचडी, ढिक्रीजस्ता परिकार खाँदै मनाइने चलन रहिआएको पर्वका अवसरमा अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको थप प्रगतिको कामना गरेका छन् । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : १७ बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ