गोपाल गिरी पत्रकारिता पुरस्कार पर्साका पासवानलाई « Khabarhub

गोपाल गिरी पत्रकारिता पुरस्कार पर्साका पासवानलाई


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्सा- यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले पत्रकार पासवानलाई नगद रु ५० हजार तथा कदरपत्र सहितको उक्त पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा महासङ्घका सचिव दीपेन्द्र चौहानले नेपालको पत्रकारिता क्षेत्रको विकासका लागि गोपाल गिरीले गरेको योगदानकोे चर्चा गरे ।

पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, पर्सा महासङ्घका पूर्व अध्यक्ष अशोक तिवारी, स्व गिरीका सुपुत्र गिरिश गिरी, प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले नेपालको राजनीनितिक क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका तत्कालीन अध्यक्ष गोपाल गिरीको २०६० साल माघ १ गते विद्रोही समूह माओवादीले हत्या गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ४४ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी