संविधानले दिएको अधिकार महिलाहरूले लिन सकेनन् : उपसभामुख राना « Khabarhub

संविधानले दिएको अधिकार महिलाहरूले लिन सकेनन् : उपसभामुख राना


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्ने  बताएकी छन् ।

सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे संकराती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताएकी हुन् । 

अहिले संविधानमा ३३ प्रतिशत महिलाको व्यवस्था गरिएको भएपनि सबै महिला रबरस्टाम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको उनले बताइन् ।

उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैले लडेर ल्याउँनुपर्नेमा जोड दिइन् । उपसभामुख रानाले संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै बर्ग सबै समुदाय एक भएर लड्नु पर्ने जिकिर गरिन् । 

उदयपुरमा मगर संघले माघी अर्थात मगर संकरातीको उपलक्ष्यमा हुर्रा नृत्य देखि विविध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किरात समुदायले शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ५९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको