प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको सहज जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको सहज जित


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

रुपन्देही –  प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन मात्रै बनाउनसक्यो । लुम्बिनीका लागि प्रज्जवल थापाले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए भने मोहम्मद हुसेनले २६ रन र विराट भण्डारीले २३ रन बनाए ।

सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र नरेन साउदले समान दुई/दुई विकेट लिए ।

एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । उसका लागि शेर मल्लले अविजित ४२ रन र नारायण जोशीले २८ रन बनाए । साथै ओपनरद्वय खडक बोहराले २१ र टेक रावतले १८ रन बनाए ।

लुम्बिनीका लागि अभिशेष गौतमले तीन विकेट लिए भने कृष्ण कार्की र अजय चौहानले समान एक÷एक विकेट लिए । सुदूरपश्चिमका नारायण जोशी प्लेयर अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ५७ बजे

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति