बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’ « Khabarhub

बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुटवलमा आधुनिक सडकका रुपमा विस्तार हुन थालेको कालिका पथमाको बीचभागमा विद्युतको मुख्य प्रसारण लाइनका पोलले सडकको सुन्दरतालाई कुरुप बनाइदिएको छ । यतिमात्र होइन सडकको मुख्य भागमा रहेका ठूलाठूला पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणले मुख्य सडकको बीच भागमा रहेको समस्यालाई समाधान गर्न मुख्य प्रसारण लाइनमा चारखुट्टे विद्युतीय खम्बा हटाएर मोनोपोल (सिङ्गलपोल) राख्न सुरु गरेको छ । मुख्य सडकको बीचमा रहेको अहिलेको विद्युत्को प्रसारण लाइनको सट्टा मोनोपोल राख्ने काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिडका प्रमुख सुरज गौतमले जानकारी दिए ।

बुटवल ग्रिड प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक आकर्षक देखिने बताए। प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्नेगरी सम्पन्न गरिने उनले बताए ।

अहिलेको प्रसारण लाइनको खम्बाले सडकको धेरै भाग ओगटेकाले देख्दा भद्दा र दुर्घटनाको जोखिम बढेकाले मोनोपोल राख्न लागिएको उनले बताए । यो खम्बा राखिएपछि कालिकापथ सडक थप आकर्षक र सुरक्षित हुने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम कम हुने बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

नेपाल विद्युत् प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इञ्जिनियरका सूर्यप्रसाद पाण्डेकाअनुसार हाल रहेका चार वटा विद्युतीय खम्बा हटाउने काम सुरु भएको छ । प्राधिकरणका इञ्जिनियर पाण्डेका अनुसार मुख्य प्रसारण लाइनमा यो अभ्यास पहिलोपटक गर्न लागिएको हो ।

काठमाडौं मोनोपोल राखिए पनि मुख्य प्रसारणमा नभई सहायक प्रसारण लाइनमा रहेको छ । अहिलेको खम्बाभन्दा उचाइमा पनि बढी हुने र सडक क्षेत्रमा कम भाग ओगट्ने भएकाले बजार क्षेत्रमा धेरै प्रभावकारी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : ४१ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा