आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै « Khabarhub

आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपालमा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विक्रम संवत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

सरकारले सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५५ साल माघ २ गतेदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारा तय गरिएको छ ।

दिवसको अवसरमा आज प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा चन्द्रगिरीमा भूकम्प सुरक्षा दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै, ललितपुर र भक्तपुरमा पनि मूल समारोह आयोजना हुनेछ ।

 दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।

दिवसको सन्दर्भमा गत पुस २८ देखि माघ १५ सम्म सरकारी निकाय, सङ्घसंस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्राधिकरणले जनाएको छ ।

विक्रम संवत १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार सो भूकम्पमा परी ८ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो ।

यस्तै, असी हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८  संरचना भत्किएका थिए ।

यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६ सय ७० जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए । सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो ।

वरिष्ठ भूकम्पविद अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय  जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : १८ बजे

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश