प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र पुलिसको लगातार दोस्रो जित | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र पुलिसको लगातार दोस्रो जित


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले हराएको हो ।

सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो । कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा सुदुरपश्चिमका शेर मल्लले ४ विकेट लिए । विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए ।

त्यसअघि तीन खेलाडीले अर्धशतक हान्दा सुदूरपश्चिमले ५ विकेटको क्षतिमा २७७ रन बनाएको थियो । सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे ।

बलिङमा कर्णालीका दिनेश अधिकारी, उनेश सिंह, प्रकाश जैसी र दिपेन्द्र रावतले १-१ विकेट लिए ।

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले काशी प्रदेशलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ । पुलिसले कोशी प्रदेशमाथि ७ विकेटको जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसका लागि अर्जुन साउदले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाउँदा दिलिप नाथले ३१ रनको योगदान गरे ।

कोशीका लागि कमल खत्रीले २ विकेट हात पार्दा सोनु मण्डलले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कोशीका लागि सन्जु थपलीयाले १०५ रनको शतकीय पारी खेले ।

पुलिसका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै ललित राजवंशी र सुनिल धमलाले दुई–दुई विकेट लिए ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : २८ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज