केन्द्रिय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल « Khabarhub

केन्द्रिय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले केन्द्रिय अस्पतालहरूको लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताएका छन् ।

संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा बोल्दै सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरूले गरेको प्रस्ताव स्वीकृत नभए ५ सय शैय्यामा केन्द्रिय अस्पतालहरू बन्द हुने अवस्था रहेको समेत स्पष्ट पारे ।

हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने सचिव पोखरेलको भनाई थियो । उनले सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरूसँग आग्रह गरे ।

सचिव पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताए । त्यसैगरी अस्पतालहरू बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिएपनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उनले बताए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : २८ बजे

पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ

काठमाडौँ‍- पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको घाँटीबाट सुनका

सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षीले सदनमा विरोध जारी राख्ने

काठमाडौं– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र

मन्त्री भएपछि महावीरले भने- पाँच वर्ष बस्दिनँ, तीन वर्षमै काम सक्छु

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय सम्हालेका महावीर पुनले आफू मन्त्रालयमा

रास्वपा कोशी प्रदेश अधिवेशन भोलि, सभापतिको दौडमा गेलालसहित आधा दर्जन

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन

महावीर थपिँदा र सुधनले कम ब्याक गर्दा बालेनसँग अब रक्षा मन्त्रालय मात्रै

काठमाडौँ- प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन्