सबै सरकारी भवन अपाङ्गमैत्री हुनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

सबै सरकारी भवन अपाङ्गमैत्री हुनुपर्छ : मुख्यमन्त्री पाण्डे


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अब निर्माण गरिने सरकारी भवन तथा संरचनालाई अपाङ्गमैत्री बनाउन थप कडाइ गरिने बताएका छन् ।

पोखरामा आज साँझ भएको विपद् व्यवस्थापन समिति र सरोकारवालाबीच अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रियामा उनले भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्रीले अपाङ्गता भएकाहरुका लागि सहज र सुरक्षित हुने गरी व्यक्तिगत भवन बनाउनुपर्नेमा जोड दिए ।

“सार्वजनिक भवन अपाङ्गमैत्री नभएका धेरै गुनासा छन् । मुख्यमन्त्रीकै कार्यालयमा पनि सजिलो छैन । अपाङ्गता भएका साथीहरु आउँदा भेट्नका लागि म तल्लो तलामा झर्ने गर्दछु”, मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेशमा अब बन्ने सरकारी भवन अपाङ्गमैत्री हुन्छन् । सबै सरकारी निकायमा कडाइका साथ लागू गर्छौँ ।”

मुख्यमन्त्री पाण्डेले विपद्का बेला अपाङ्गता भएकालाई अझ बढी कठिनाइ हुने भएकाले परिवार तथा समुदायले अझ बढी जिम्मेवार भएर विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग मिलेर काम गरेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशमा रु १० करोडको विपद् व्यवस्थापन कोष स्थापना गरिएको र सबै जिल्लामा रु १० लाखको कोष रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ९ : ०७ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर