२ सय ४ म्यानपावर कम्पनीको काम रोक्का, कारबाही अघि बढ्यो (सूचीसहित) « Khabarhub

२ सय ४ म्यानपावर कम्पनीको काम रोक्का, कारबाही अघि बढ्यो (सूचीसहित)


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले २ सय ४ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेको विभागले जानकारी दिएको छ ।

यसरी कामकारवाही रोक्का गरिएका म्यानपावर कम्पनीले ऐनअनुसार सवै प्रक्रिया पूरा गरे उनीहरुको रोक्का फुकुवा गर्ने ऐनमा व्यवस्था भएको विभागले जनाएको छ ।

कामकारवाही रोक्का गरिएका म्यानपावरले रोक्का फुकुवा नगरेसम्म कुनै पनि वैदेशिक रोजगारीको क्षेत्रका काम गर्ने नपाउने ऐनमा व्यवस्था छ । ऐनमा व्यवस्था भएअनुसार कामकारवाही रोक्का गरेका म्यानपावरले पूर्व र अन्तिम श्रम स्वीकृति निकाल्न पाउँदैनन् । भने पछिल्लो समय कामकारवाही रोक्का गरिएका म्यानपावरको डिमाण्ड प्रमाणिकरण पनि कुटनीतिक नियोगले नगर्ने गरेको विभागले जनाएको छ ।

विभागले ऐनमा उल्लेख भएअनुसार कागतजागत पेश नगर्ने म्यानपावरको पनि काम कारवाही रोक्का गरेको छ । विभागले पटक पटक कामदार पठाएको, म्यानपावरमा काम गर्ने कर्मचारी विवरण नबुझाउने र पुराना मुद्दा फरफारक नगर्ने म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा कामदारलाई समस्या पार्ने म्यानपावर कम्पनीका काम कारवाही रोक्का गरे कारवाही प्रक्रिया अगाडि बढाउने गरेको विभागका सूचना अधिकारी तथा निर्देशक भोला गुरागाँईँले जानकारी दिए ।

विभागले गत आर्थिक वर्षदेखि पीडितको उजुरीलाई आधार मानेर म्यानपावरको काम कारवाही रोक्का गर्ने गरेको निर्देशक गुरागाँईले बताए । ‘मुद्दाको प्रकृति हेरी म्यानपावरको कामकारवाही रोक्का हुन्छ’, उनले भने, ‘रोजगार पीडितले विभागमा उजुरी गरेपछि म्यानपावरलाई समस्या समाधान गर्ने विभागले अपिल गर्छ । विभागको आग्रह नमान्ने म्यानपावरको तत्काल कामकारी रोक्का गरेर कारवाही अगाडि बढाइन्छ । विभागले सामान्य उजुरीलाई एकै दिनमा समाधान गर्ने थालेको छ ।’

विभागले धेरै संख्यामा कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावरको पनि कामकारवाही रोक्का गरेका छ ।

विभागले चालु आर्थिक वर्ष सुरु भएको दुई हप्तामा करिब ६० वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको छ ।

पछिल्लो समय विभागमा म्यानपावरका विरुद्ध आर्थिक ठगी, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्को काम पठाएको, नक्कली डिमाण्डमा झुक्याएर विदेश पठाएको, सरकारले तोकेभन्दा तीन गुणा बढी रकम कामदारसँग लिएको, समस्यामा परेका कामदारको उद्धार गर्ने चासो नदिएको र म्यानपावरका शाखा कार्यालयबाट एजेन्टले ठगी गरेको भन्दै पीडित विभागमा धाउने गरेका छन् ।

विभागमा गत वर्ष म्यानपावरका विरुद्ध १ हजार २ सयभन्दा धेरै उजुरी दर्ता भएका थिए । भने ७८ करोडभन्दा धेरै विगो दावी गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ११ बजे

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले