निद्रामा हिँड्ने गर्नु भएको छ ? यस्तो छ समाधान « Khabarhub

निद्रामा हिँड्ने गर्नु भएको छ ? यस्तो छ समाधान


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कोही मान्छे निद्रामा हिँड्ने गर्छन् । धेरैले यसलाई समस्या भन्दा पनि बानी हो भनेर बुझ्ने गर्छन् । यो समस्या वयस्कको तुलनामा बालबालिका तथा युवालाई धेरै देखिन्छ ।

निद्रामा हिँड्ने समस्यालाई चिकित्सकीय भाषामा ‘सोम्नाबुलिज्म’ भन्ने गरिन्छ । यो समस्या कतिपय अवस्थामा तनाव, चिन्ता थकान, निद्राको कमी तथा ज्वरोका कारण पनि  हुने चिकित्सकहरू बताउँछन् ।

यो समस्या मदिराको अत्यधिक सेवन, विभिन्न औषधीको सेवनका कारण पनि यो समस्या देखिने गर्छ । भने कसैलाई वंशाणुगत कारणले पनि हुने गर्छ ।

समस्याबाट छुटकारा पाउने उपाय
निद्रामा हिँड्ने समस्याबाट मुक्ति पाउनका लागि समयमा र पर्याप्त मात्रामा सुत्ने, तनाव, चिन्ताबाट टाढा रहने, राति सुत्ने बेला हिले पनि मदिरा तथा लागु पदार्थको सेवन गर्नु हुँदैन ।

आफ्नो घरमा कोही निद्रामा हिँड्ने व्यक्तिहरू छन् भने चोटपटक र दुर्घटना नहोस भनेर कोठामा धारिलो तथा चोटपटक लाग्ने वस्तुहरू छन् भने हटाउनु पर्छ ।

केही मानिस निद्रामा दिमागको अर्धचेतनशील भाग सक्रिय हुँदा निन्द्रामा हिँड्छन् ।

यस्तो बेलामा उनीहरूलाई ठूलो स्वरले बोलाउन र कराउन नहुने चिकित्सकहरू बताउँछन् ।

यो समस्या धेरै समयदेखि भइरहेको छ भने मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु पर्छ ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ५१ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने