नेपालको तरकारीमा जापान र कोरियाको भन्दा कम विषादी, तर पनि असर बढी « Khabarhub

नेपालको तरकारीमा जापान र कोरियाको भन्दा कम विषादी, तर पनि असर बढी


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीले तरकारी तथा फलफूलमा प्रयोग गर्ने विषादीका कारण मानव स्वस्थ्यमा गम्भिर असर परिरहेको छ ।  प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराज शर्माले नेपालमा प्रति हेक्टर ३ सय ९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग भइरहेको बताए ।

डा शर्माका अनुसार नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजान्दा बिषदीको असर बढी रहेको हो । अन्य देशको तुलनमा नेपालमा विषादीको प्रयोग कम हुने गरेको भए पनि त्यसको असर भने नेपालमा बढी रहेको डा शर्माको भनाइ छ ।

उनले भने, ‘जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो , इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ ।  नेपालमा भने प्रतिहेक्टर जमिनमा ३ सय ९६ ग्राम विषादी प्रयोग भए पनि त्यसले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।  जापान, कोरिया इटालीमा बढी विषादी प्रयोग भए पनि असर कम छ ।’

उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन भइरहेको बताए । नेपालमा आउने विषादीमध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ ।

जनस्वास्थ्यविद डा. अरुणा उप्रेतिले विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने बताइन् ।

डा उप्रेतीका अनुसार विषादी मिसाइएको तरकारी तथा फलफूल सेवनले नेपालमा स्मरण शक्तीमा कमी, मनोरोग र छालासम्बन्धी रोगहरु बढ्दै गएको छ । विषादी मिसाइएको तरकारी तथा फलफूलले प्रजनन स्वस्थ्यमा गम्भिर असर पर्ने र महिलाहरुमा गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी हुने समस्या देखिनसक्ने डा उप्रेतीको भनाइ छ ।

तरकारी तथा फलफूलमा हुने विषादीले मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : ५८ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको