जनतालाई हैरानी दिने काम बन्द गर्नुहोस् : प्रधानमन्त्री दाहाल « Khabarhub

जनतालाई हैरानी दिने काम बन्द गर्नुहोस् : प्रधानमन्त्री दाहाल


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

उनले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु-गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।’

प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यो पनि हेर्नुहोस्…
सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : २५ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर