पाकिस्तान : चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्नसक्ने « Khabarhub

पाकिस्तान : चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्नसक्ने


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ ।

कुनै पनि अदालतको नाम उल्लेख नगरीकन निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा विभिन्न फोरममार्फत चुनाव चिह्न परिवर्तन भइरहेको उल्लेख गरेको छ । निर्वाचन चिह्न वितरणपछि तीन वटा मुद्रण संस्थानलाई मतपत्र छपाइको आदेश दिइसकेको र एक दिनअघि नै मतपत्र छपाइको काम शुरु भइसकेको आयोगले जनाएको छ ।

आयोगले भनेको छ,  ‘निर्वाचन चिह्न परिवर्तन गर्ने क्रम यसरी नै चलिरहने हो भने मतपत्र पुनमुद्रण गर्नुपर्ने भएकाले निर्वाचनमा ढिलाइ हुने डर छ, यसका लागि समय सीमित भइसकेको छ भने अर्कोतर्फ मतपत्रका लागि उपलब्ध विशेष कागज पनि गुम्ने छ ।’

सन् २०१८ को आम निर्वाचनमा ११ हजार ७०० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा आगामी आम निर्वाचनका लागि उम्मेदवारको सङ्ख्यामा १८ हजार ५९ जना अर्थात् ३३ प्रतिशत बढी उम्मेदवारले भाग लिने आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचन चिह्न परिवर्तन गर्ने प्रवृत्ति नरोकिने हो भने त्यस्ता निर्वाचन क्षेत्रमा निर्वाचन सार्नुको विकल्प छैन भन्ने पनि विचार गरिएको छ । निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ)ले उम्मेदवारलाई दिइएको चुनाव चिह्न परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरका अनुसार निर्वाचन आयोगले प्रान्तीय निर्वाचन आयुक्त, डीआरओआरओलाई यो चरणमा चुनाव चिह्न परिवर्तन नगर्न र आवश्यक परेमा यसको लागि अनुमति लिन निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : ५६ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित