यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ? « Khabarhub

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो घटेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अघिल्लो दिनको तुलनामा बिहिबार अमेरिकी डलरको भाउ ११ पैसाले बढेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसा थियो ।

यसैगरी, आज ७ पैसाले घटेरे १ युरोको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ कायम गरिएको छ । बुधबार भने युरो एकको खरिदमा १४४ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०७ पैसा तोकिएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ १७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८६ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९० पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ १४ पैसा र बिक्रीदर २८ रूपैयाँ २६ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : ४६ बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको