तेस्रो जित निकालेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा « Khabarhub

तेस्रो जित निकालेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित हात पार्‍याे । भैरहवाको सिद्धार्थ क्रिकेट एकेडेमीमा जितका लागि २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अलआउट भयो ।

गण्डकीका अश्वानी रानाले २५ र कमल परियारले २२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका मल्ल एक्लैले ५ विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका हुन । सुदूरपश्चिमका गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १-१ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६० रन बनाए । नारायण जोशीले ४६ रन जोडे ।

गण्डकीका कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३-३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २-२ विकेट लिए । प्रतियोगितामा गण्डकीको यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ४ : ३० बजे

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।