तेस्रो जित निकालेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा « Khabarhub

तेस्रो जित निकालेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित हात पार्‍याे । भैरहवाको सिद्धार्थ क्रिकेट एकेडेमीमा जितका लागि २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अलआउट भयो ।

गण्डकीका अश्वानी रानाले २५ र कमल परियारले २२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका मल्ल एक्लैले ५ विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका हुन । सुदूरपश्चिमका गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १-१ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६० रन बनाए । नारायण जोशीले ४६ रन जोडे ।

गण्डकीका कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३-३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २-२ विकेट लिए । प्रतियोगितामा गण्डकीको यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ४ : ३० बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।