घरमा स्पाइडर प्लान्ट किन रोपिन्छ ?  | Khabarhub Khabarhub

घरमा स्पाइडर प्लान्ट किन रोपिन्छ ? 


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय केही इन्डाेर प्लान्टहरू घर भित्र रोप्ने चलन निकै बढिरहेको छ । हरेकका घरमा या अफिसमा कुनै न कुनै इन्डाेर प्लान्ट लगाएको देखिन्छ ।

आज हामी त्यस्तै अर्को इन्डाेर प्लान्टकाे बारेमा चर्चा गर्ने छौँ । त्यो हो  स्पाइडर प्लान्ट ।

स्पाइडर भन्ने बित्तिकै धेरैको दिमागमा माकुरा याद आउने गर्छ बिलकुलै त्यस्तै देखिने प्लान्ट हो  स्पाइडर प्लान्ट ।

यो बिरुवा घरमा रोप्दा यसले हावा  शुद्धीकरण गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।

नासामा गरीएकाे एक अध्यायनले स्पाइडर प्लान्टले २४ घण्टामा हावाबाट ९५ प्रतिशत केमिकल हटाउने क्षमता राखेको पुष्टि समेत गरेको छ ।

यो बिरुवाले हावामा अक्सिजन बढाउन र विषाक्त पदार्थ फिल्टर गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।

यसले वातावरणको दुर्गन्ध नष्ट गरी आरामदायी निद्रा दिलाउन मद्दत गर्छ।

यसले कार्बन मोनोअक्साइड प्रिन्टिङ र रबर उद्योगहरूमा प्रयोग हुने विषाक्त पदार्थलाई फिल्टर गर्न समेत निकै मद्दत गर्छ ।

मुटु सम्बन्धि रोग चिन्ता डिप्रेसनलगायतका समस्याहरुबाट पनि यो बिरुवाले टाढा राख्ने गर्छ ।

स्पाइडर प्लान्टले क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न समेत मद्दत गर्छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ५२ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको