सडक विस्तारले पीडित बनेकाहरु १७ करोड क्षतिपूर्ति लिन आएनन् | Khabarhub Khabarhub

सडक विस्तारले पीडित बनेकाहरु १७ करोड क्षतिपूर्ति लिन आएनन्


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जोरपाटी–साँखु सडकविस्तारका क्रममा भत्काइएका घरको क्षतिपूर्ति लिन पीडितहरु नआउँदा १७ करोड रुपैयाँ फिर्ता भएको छ । सडक विस्तार गर्ने क्रममा भत्काइएका घरको क्षतिपूर्ति लिनका लागि सूचना जारी गरेपनि कसैको निवेदन नपरेपछि १७ करोड रुपैयाँ सरकारलाई फिर्ता गरेकोे उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत असार २८ गते सूचना जारी गर्दै वास्तविक पीडितले ३ दिनभित्र प्राधिकरणमा क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेको थियो । सरकारले क्षतिपूर्तिका लागि छुट्याएको उक्त रकम लिन पीडितहरु नआएको प्राधिकरणले जनाएको छ ।

निवेदन दिनेहरु पनि रकम भुक्तानीका लागि प्राधिकरणमा नआउँदा उक्त रकम फ्रिज भएको प्राधिकरणको भनाइ छ ।

पीडितहरु रकम बुझ्न नआएपछि उक्त रकम सरकारलाई फिर्ता गरेको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले खबरहबलाई जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा क्षतिपूर्तिका निम्ती ३२ करोड रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये १५ करोड रुपैयाँ भने पीडितले लिइसकेका छन् ।

‘क्षतिपूर्तिका लागि प्राधिकरणले सरकारलाई १५ करोड नै मागेको थियो’ तिवारीले भने, ‘ तर सरकारले ३२ करोड छुट्यायो । पीडितहरु रकम बुझ्न नआएपछि सरकरलाई फिर्ता गर्नुपर्ने अवस्था आयो ।’

आँशिक रुपमा घर भत्काइएकाहरुले प्राधिकरण कार्यालयमा गएर घरको विवरणसहित निवेदन दिनुपर्ने हुन्छ । उक्त निवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने र प्रशासनबाट घरको मूल्याङकन भएपछि प्राधिकरणले त्यही आधारमा क्षतिपूर्ति दिने गर्छ ।

प्राधिकरणले नयाँ मार्बल प्रयोग गरेका घरलाई प्रति स्क्वायर फिट २८ सय रुपैयाँ उपलब्ध गराउँछ । सामान्य घरलाई प्रतिस्क्वाएर फिट २४ सय रुपैयाँ दिने गरेको छ । धेरै पुराना घरलाई भने अवस्था हेरेर क्षतिपूर्ति दिने गरेको तिरावीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ५ : ४६ बजे

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

काठमाडौं – आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको