शिक्षालाई सीप र श्रमसंग जोड्नुपर्छ : नेता पौडेल « Khabarhub

शिक्षालाई सीप र श्रमसंग जोड्नुपर्छ : नेता पौडेल


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थिति बनाउन नसकेको बताएका छन् ।

नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेपनि उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थिति बनाउन नसकेको बताए । उनले देशले लगानी बनाएको व्यक्तिलाई स्वदेशमा प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्न उच्च शिक्षामा राज्यको मुख्य दायित्व हुने धारणा राखे ।

प्राथमिक शिक्षालाई अनिवार्य गर्ने र त्यसपछिको शिक्षालाई सीप र श्रमसंग जोड्नेगरी शिक्षा क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिए ।

पौडेलले बिभिन्न क्षेत्रमा जनशक्ति आवश्यकताका आधारमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयमा मेरिट र प्रतिष्पर्धाका आधारमा योग्य र क्षमतावान व्यक्तिलाई लैजानुपर्ने बताए ।

पौडेलले विश्वविद्यालयलाई राजनीतिक भागबन्डा मुक्त बनाउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : ४३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार