गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पालुङटार नगरपालिका–६  गाँइखुरका ४८ बर्षिया अनन्त परियारको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए।

परियारलाई आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेको थियो । रुखले हाइटेन्सन लाइनमा छोएपछि उनी लडेर गम्भीर घाइते भएका थिए ।

परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउसो १:४० बजे मृत्यु हो। परियारको दमौली अस्पतालमा पोस्टमार्ट पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ०६ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो