गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पालुङटार नगरपालिका–६  गाँइखुरका ४८ बर्षिया अनन्त परियारको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए।

परियारलाई आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेको थियो । रुखले हाइटेन्सन लाइनमा छोएपछि उनी लडेर गम्भीर घाइते भएका थिए ।

परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउसो १:४० बजे मृत्यु हो। परियारको दमौली अस्पतालमा पोस्टमार्ट पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ०६ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार