स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु « Khabarhub

स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका–२४ कास्किकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षीय समिर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बसबाट झरेर घर जाने क्रममा उक्त बसले ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

ठक्करबाट घाइते भएका समिरको उपचारको लागी मेट्रोसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। ठक्कर दिने बस र बस चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : २३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार