प्रतिफल आउने गरी लगानी गरौँ : मुख्यमन्त्री चौधरी | Khabarhub Khabarhub

प्रतिफल आउने गरी लगानी गरौँ : मुख्यमन्त्री चौधरी


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि क्षेत्रमा लगानी गर्दा प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन्।

प्रदेश योजना आयोगको आयोजनामा आज देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले अब सरकारले लगानीमात्रै गर्ने नभई त्यो लगानीबाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्ने बताए ।

“हामी बाटो बनाउँछौँ, तर बाटोबाट स्थानीय र सरकारले पाउने प्रतिफल खोज्दैनौँ, अब त्यो खोजौँ”, उनले भने, “स्रोत परिचालन भयो भने त्यसका उपलब्धि देखिनुपर्छ, त्यसअनुसारको आयोगले नीति बनाउनुपर्छ ।”

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार प्रत्येक घरमा कम्तीमा ३०–४० हजार आम्दानी हुने रोजगारी सिर्जना होस् भन्ने लक्ष्यमा रहेको बताए । “आर्थिक विकासका लागि हामीले त्यो कमाउन सक्ने बनाउनुपर्छ । लगानीकर्ताले दिएको प्रतिवेदन पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनुपर्छ, त्यो उपयोगी र काम लाग्ने हुनुपर्छ”, उनले भने ।

सो अवसरमा मुख्यमन्त्री चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रदेश सरकारका मन्त्री, सचिव, विज्ञ सदस्य थिए । योजना आयोगका उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीतिगत सुधारको प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ४७ बजे

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान