भियतनाममा श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी | Khabarhub Khabarhub

भियतनाममा श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

हनोई – भियतनामको स्वास्थ्य मन्त्रालयले चन्द्रमासको नयाँ वर्ष अगाडि श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी दिएको छ ।

अन्तर देशीय यात्रा र व्यापारिक गतिविधिले सङ्क्रामक रोक थप फैलिन सक्ने भन्दै सीमानाकाहरूमा मेडिकल सुपरिवेक्षणलाई तीव्रता दिन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ । ज्वरो र इन्फ्लुएन्जाका नयाँ संस्करणको बढ्दो सङ्क्रमण देखिएसँगै मन्त्रालयले सम्बन्धित पक्षलाई सचेत रहन आग्रह गरेको छ ।

विशेष गरी बिदाको समयमा सीमा नाकामा शंकास्पद लक्षण देखिएकालाई कडाइका साथ निगरानी गर्दै प्रारम्भिक निदान र क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ ।

विगत दुई हप्तामा हनोईका अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरू बढेका छन् । राष्ट्रिय बालरोग अस्पतालमा दैनिक १०० देखि १५० जना फ्लु भएका बालबालिकाहरू आउने गरेका छन् जसमध्ये १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका रहेको चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ०२ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग