तल्लो हेवाको २२ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थपियो « Khabarhub

तल्लो हेवाको २२ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थपियो


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२।३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा प्रवाह भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताए । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने छ ।

फिदिमस्थित थापाटारको काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा पठाउन थालिएको हो । यस आयोजनाबाट जेठदेखि मङ्सिरसम्म २२।३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जिनीयर नामेश्वर यादवले जानकारी दिए । खोलाको पानी घट्ने याम मङ्सिरदेखि वैशाखसम्म १० देखि १२ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो ।

प्रतिसेकेण्ड १७ हजार लिटर प्रवाह हुने पानीको बहाबबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इन्जिनीयर यादवले बताए । यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युतबाट रु २२ लाखसम्म आम्दानी हुने बताइएको छ । प्राधिकरणले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ ।

तल्लो हेवा ‘माउन्टेन हाइड्रो पावर लिमिडेट’ले निर्माण गरेको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यहाँ पाँच हजार ३ सय मिटर दुरीको सुरुङ र ६ सय मिटर पेनस्टक बनाइएको छ । हेवातर्फको इन्टेक फिदिम नगरपालिका–११, नांगीन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ ।

विद्युत् गृह फिदिम–४ को सारन्तामा छ । रु तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत रु ७० करोड बढेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : १७ बजे

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक