बागलुङ नगरपालिकाले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि « Khabarhub

बागलुङ नगरपालिकाले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बागलुङ – १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १४ कास्य पदक हात पार्दै विजेता बनेको हो ।

आज सकिएको प्रतियोगितामा बडिगाड गाउँपालिकाले १२ स्वर्ण, १४ र रजत १३ कास्य पदक जितेको छ । निसीखोला गाउँपालिकाले पाँच स्वर्ण, १० रजत र चार कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खण्डकाले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाले छ स्वर्ण, एक रजत र तीन कास्य जितेको छभने गलकोट नगरपालिकाले तीन स्वर्ण, चार रजत र आठ कास्य पदक जितेको छ । यस्तै, जैमिनी नगरपालिकाले तीन स्वर्ण, पाँच रजत र एक कास्य, जितेको छ । काठेखोला गाउँपालिकाले चार स्वर्ण, छ रजत र नौ कास्य जितेको अध्यक्ष खड्काको भनाइ छ ।

ताराखोला गाउँपालिकाले सात रजत र एक कास्य पदक, बरेङ गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र पाँच कास्य जितेको छ । तमानखोला गाउँपालिकाले एक कास्य पदक जितेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०६ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई