चितुवाको आतंकले भानु नगरपालिकाबासी त्रसित « Khabarhub

चितुवाको आतंकले भानु नगरपालिकाबासी त्रसित


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जंगलमा बस्ने चितुवा घरघरमा बस्न थालेपछि कस्को पो मन डराउँदैनन् । त्यसमाथि मान्छेलाई निशाना बनाएर आक्रमण गर्न थालेपछि बनबाट डराएर घरमा जाने मन घरमै डराउन वाध्य भएका छन्-अहिले तनहुँ जिल्लाका भानु नगरपालिकाका बासिन्दा ।

केही दिनदेखि चितुवाको बिगविगी भएपछि आक्रमणमा परिने डरले उनिहरु घरबाट बाहिर निस्कन समेत डराएका छन् । भानु नगरपालिका क्षेत्रभित्र विशेष गरी केही वडामा चितुवाले पटक/पटक आक्रमण गरेकाले त्रसित बनेको भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले बताइन ।

चितुवाको आक्रमणले भानु नगरपालिका–२ जोगी डाँडाका छवर्षीय बालक हेमराज सुनुवारको आईतबार साँझ घाईते बनाएपछि विगतमा जस्तै भानु नगरबासी त्रसित भएका हुन् ।

होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालयमा कक्षा १ मा पढ्ने बालक सुनुवारको शौचालयमा जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । भानु नगरपालिकामा चार जना बालबालिकाको मृत्यु भईसकेको छ ।

मान्छे मार्ने चितुवालाई गोली हानेर बेहोस पार्नुपर्ने, चिडियाखोर वा संरक्षित क्षेत्रमा सार्नुपर्ने माग स्थानीयले राखेका छन् । डिभिजन वन कार्यालय तनहुँले एक सूचना जारी गरी सजक रहन आग्रह गरेको छ । साँझ र झिसमिसे उज्यालाको समयमा चितुवा आहाराको लागि बढी सक्रिय हुने भएकाले घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

बालबालिकालाई एक्लै नछाड्न पनि कार्यालयले अनुरोध गरेको छ । चितुवाको बिगबिगीलाई नियन्त्रण गर्न भानु नगरपालिकाका मेयर उदयराज गौलीको संयोजकत्वमा वन्यजन्तुबाट मानवमा आक्रमण नियन्त्रण समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसहितको सर्वपक्षीय छलफलबाट समिति गठन गरिएको हो ।

अहिले समितिले घर वरिपरिका झाडी सफाई गर्ने अभियान सञ्चालन गरेको छ । नरभक्षी चितुवा समात्न स्थानीय शिकारी परिचालन गर्ने, सतर्क रहने उपाएको बारेमा माईकिङ गर्ने काम गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ४४ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक