विप्लव नेकपाको पोलिटव्युरो र स्थायी कमिटी भंग | Khabarhub Khabarhub

विप्लव नेकपाको पोलिटव्युरो र स्थायी कमिटी भंग


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संगठनलाई थप चलायमान बनाउन भन्दै पोलिटब्यूरो र स्थायी कमिटी भङ्ग गरेको छ । पार्टीनिकट स्रोतका अनुसार विप्लवले पोलिटव्युरो र स्थायी कमिटी भंग गरी सचिवालय गठन गरेका छन् ।

पार्टीको आन्तरिक रणनीति मजबुद बनाउन तथा पार्टी भित्र शुद्धिकरणका लागि भन्दै विप्लवले पार्टीको जिम्मेवारीमा रहेका केहि नेताहरुलाई हटाएर ५ सदस्यीय सचिवालय गठन गरेका हुन् । विप्लवकै नेतृत्वमा सचिवालय गठन भएको भए पनि अन्य सदस्य को को राखिएको छ भन्ने विषय खुलाइएको छैन ।

पार्टीका केहि शीर्ष नेताहरु पक्राउ परेपछि उनीहरुको रिक्त स्थानलाई परिपूर्ति गर्न र पार्टीलाई थप चलायमान बनाउन नयाँ रणनीतिका साथ पार्टी अघि बढेको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

सुराकी गरी पार्टीलाई कमजोर बनाउने अभियानमा लागेका व्यक्तिलाई कारबाही स्वरुप पनि पार्टीको जिम्मेवारीबाट हटाइएको विप्लव नेकपाले जनाएको छ ।

राजनीतिक विश्लेषकहरुले भने पार्टीलाई मजबुद बनाउन तथा नयाँ रणनीतिका साथ अघि बढ्न स्थायी कमिटी र पोलिटव्युरो विगठन गरेको हुनसक्ने बताएका छन् । विप्लवले नयाँ रणनीति कार्यान्वयन गर्न सहज होस् भन्नका लागि पोलिटव्युरो र स्थायी कमिटी भंग गरेको हुनसक्ने पूर्वगृहसचिव श्रीकान्त रेग्मीले बताए ।
उनले पार्टीलाई पुनर्सङ्गठित गर्न र नयाँ ढंगबाट अघि बढ्नका लागि यो रणनीति लिएको हुन सक्ने आंकलन गरे ।

प्रहरीले उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई काठमाडौंबाट पक्राउ गरेपछि रिहाइको माग गर्दै पार्टीले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । लामा पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डू क्षेत्र नं. ९ बाट उठेका थिए र नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित भएका थिए।

सरकारले चन्द नेतृत्वको नेकपाका ‘हिंसात्मक गतिविधि’ माथि प्रतिबन्ध लगाएयता प्रहरीले उसका ठूला नेतालाई पक्राउ गर्ने रणनीति लिएको देखिन्छ। यसअघि नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज तथा स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका थिए। त्यसभन्दा पहिले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पटकपटक पक्राउ पर्दै अदालतको आदेशमा छुटेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : १८ बजे

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा

आफ्नो हकहितको लागि अदालत नगएको भन्दै सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको

खगेन्द्र सुनारको गुनासो- मेरो चरित्र हत्या गर्ने काम भयो

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम

‘विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र

सर्वोच्चले माग्यो ओली र लेखकको पासपाेर्ट रोक्का गर्नुको लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको