मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नम्बरको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक पनि घाइते भएका छन् । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ८ बस्ने २२ वर्षीय अभिषेक शर्मा घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते शर्माको अवस्था मध्यम रहेको र प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : २६ बजे

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो