सेनाको फोटो तथा युनिट विशेष प्रदर्शन | Khabarhub Khabarhub

सेनाको फोटो तथा युनिट विशेष प्रदर्शन


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ ।

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने विशेष प्रदर्शनको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

माघ १३ गतेसम्म चल्ने प्रदर्शनमा हातहतियार र उपकरणहरु राखिएको छ । साथै, सैनिक पोशाक, सैनिक व्याण्ड, सैनिक हवाइ सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजलगायतका गतिविधिको सामग्रीहरुको प्रदर्शन गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरुको प्रदर्शन समेत गरिएको सेनाले जनाएको छ ।

प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने सेनाको विश्वास छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : २४ बजे

राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो

काठमाडौं – ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमा महाशाखाले हाल

एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२