न्यू ह्याम्पसायर प्राइमरी : रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा ट्रम्प विजयी « Khabarhub

न्यू ह्याम्पसायर प्राइमरी : रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा ट्रम्प विजयी


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यू ह्याम्पसायर राज्यमा सम्पन्न रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धा (न्यू ह्याम्पसायर प्राइमरी) मा डोनाल्ड ट्रम्प विजयी भएका छन् । स्थानीय समयअनुसार मंगलबार सम्पन्न प्रतिस्पर्धामा ट्रम्पले पार्टीका अर्का उम्मेदवार निक्की हेलीलाई पराजित गरे ।

प्रतिस्पर्धामा ट्रम्पले ५४ प्रतिशत मत प्राप्त गर्दा हेलीले केबल ४३ प्रतिशत मत ल्याएकी छिन् । यसअघि आयोवा राज्यमा भएको प्रतिस्पर्धामा पनि ट्रम्प विजयी भएका थिए ।

न्यू ह्याम्पसायर प्राइमरीमा विजयी भएसँगै रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्पले राष्ट्रपतिको टिकट पाउने निश्चितप्रायः रहेको अमेरिकी सञ्चार माध्यमले विश्लेषण गरेका छन् ।

यस जितसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हेली नराम्ररी पराजित भएको घोषणा गरे । पराजयका बावजुद हेलीले आफ्नो चुनावी अभियानलाई निरन्तरता दिने दृढता व्यक्त गरेकी छिन् ।

सोही राज्यमा भएको डेमोक्र्याटिक पार्टीको प्राइमरीमा भने राष्ट्रपति जो बाइडेन विजयी भएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ३० बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा