गैरआवासीय नेपाली संघको निर्वाचन विवादबारे छानविन गर्न समिति गठन « Khabarhub

गैरआवासीय नेपाली संघको निर्वाचन विवादबारे छानविन गर्न समिति गठन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानविन गर्न महान्यायाधिवक्ता कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देश गरिएको छ ।  त्यस्तै बैठकले धितोपत्र बजार सञ्चालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्ले २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातका आधारमा तेश्रो किस्ता र २०८० चैत्र मसान्तसम्म संकलन हुने राजस्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीइ तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले ऊर्जा मन्त्रालय तथा अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने  नेपाल र कतार सरकारबीच प्रस्तावित कूटनीीतक तालिम र शिक्षासम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । 

त्यसैगरी मन्त्रिपरिषद् बैठकले रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाग भैरवनाथ(विस्केट) जात्राको धार्मिक कार्यका लागि १ हजार ७ सय ८० घनफिट काठ गुठी संस्थानलाई उपलब्ध गराई वन पैदावारको रोयल्टी मिनाहा गर्ने र चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ४३ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६