महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्ववियुको तालाबन्दी  « Khabarhub

महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्ववियुको तालाबन्दी 


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियनले महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी गरेको छ। 

युनियनले लामो समयदेखि विभिन्न १७ बुँदे माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै स्ववियु डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

आफ्ना मागहरूका विषयमा पटकपटक डिन कार्यालयलाई जानकारी गराउँदा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संस्थाले समय अभाव भएको बहाना गर्दै सामान्य छलफल समेत नगरेको भन्दै तालाबन्दी गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। 

मागहरूको सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ। उनीहरूले क्याम्पसमा यूजी तथा पीजीका विद्यार्थीहरूका लागि उचित अनुपातका आधारमा ३०० बेड सहितको उचित होस्टेलको व्यवस्था हुनुपर्ने, पुस्तकालय २४ सै घन्टा खुला हुनुपर्ने, इन्टर्नसिप चिकित्सकको तलब समयअनुसार बढ्नुपर्ने, फिल्ड भिजिटका क्रममा दैनिक भत्ता पाउनुपर्ने, पब्लिक हेल्थका विद्यार्थीहरूलाई छात्रावासको व्यवस्था हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको ऐन अनुसार विद्यार्थी कल्याण समिति निर्माणका लागि निर्देशन हुनुपर्ने लगायतका विभिन्न १७ बुँदे माग अघि सार्दै आन्दोलन गरेका हुन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ४७ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६