सवारी लाइसेन्सका नक्कली परीक्षार्थी पक्राउ | Khabarhub Khabarhub

सवारी लाइसेन्सका नक्कली परीक्षार्थी पक्राउ


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बन्दिपुर गाउँपालिका–४, बिमलनगरबाट सवारी चालक अनुमति पत्रको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

यातायात व्यवस्था कार्यालयमा सञ्चालित ‘ए’ वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु–४ का ३० वर्षीय पूर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

साेही ठाउँका ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पूर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पूर्णलाई किर्ते सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट बुधबार ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ५९ बजे

एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरण मानन्धरको चित्रकला प्रदर्शनी सुरु

काठमाडौं – एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौं – नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

रानाथारु समुदायमा ‘सावनको डोला’

कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक

दक्षिण सिरिया जारी हिंसामा ५०० भन्दा बढीको मृत्यु

लण्डन – दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा

देउडा गुञ्जिने सांस्कृतिक थलो र पर्यटनको संगम बन्यो ‘वीरेखोला झरना’

धनगढी– असारको काम सकिएपछि यहाँका अधिकांश स्थानीय गाउँ माथिको लेक