नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त | Khabarhub Khabarhub

नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागको रिक्त महानिर्देशक पदमा कुमारी ज्योती जोशी नियुक्त भएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । यससँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।

मन्त्रिपरिषद्ले नै शिक्षा मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेका प्राविधिक सहसचिव शैलेस झालाई गुणस्तर विभागको उपमहानिर्देशकको जिम्मेवारी दिई पठाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : २५ बजे

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल

विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू

काठमाडौं – चलचित्र विकास बोर्डले बितेका २५ वर्षमा प्रदर्शनमा आएर