झापाको चन्द्रगढी विमानस्थलमा थ्रीनट थ्री राइफलको गोलीसहित एक यात्रु पक्राउ « Khabarhub

झापाको चन्द्रगढी विमानस्थलमा थ्रीनट थ्री राइफलको गोलीसहित एक यात्रु पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको चन्द्रगढी विमानस्थलमा १ जना व्यक्ति थ्रीनट ग्री राइफलमा लाग्ने १ राउण्ड गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–४ का ३८ वर्षीय सुरेश राई छन् ।

प्रहरीका अनुसार राई सौर्य एयरलाइन्सको विमानमार्फत झापाबाट काठमाडौं जान लागेका थिए ।

विमानस्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले एक्सरे मेसिनमार्फत जाँच गर्दा उनको लगेजमा गोलीजस्तो देखिने वस्तु फेला पारेका थिए ।

झोला खोलेर हेर्दा उनको लगेजबाट थ्रीनट थ्री राइफलमा लाग्ने १ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : २० बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४