जुम्राको विषयले नख्खु कारागारका कैदीबन्दीबीच झडप, १ जनाको मृत्यु | Khabarhub Khabarhub

जुम्राको विषयले नख्खु कारागारका कैदीबन्दीबीच झडप, १ जनाको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा एक कैदीको मृत्यु भएको छ ।

आज (शुक्रबार) १२ बजेपछिको समयमा भएको झडपमा परी कैदी पूर्णबहादुर राजीको मृत्यु भएको हो ।

कारागार सुरक्षा कार्यालय नख्खुका अनुसार कोमलकुमार महतोले पूर्णबहादुर राजीलाई आक्रमण गरेका थिए । महतोले सिमेन्टको ब्लकले हानेका थिए । पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

आक्रमण गर्ने दुवै कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । अहिले घटनास्थलमा पुगेको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । आक्रमण गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कारागार सुरक्षा कार्यालय नख्खुका एक अधिकारीका अनुसार दुवैजनाबीच यसअघि विवाद थिएन । झडपमा ज्यान गुमाएका राजी मानसिक रुपमा केही अस्वस्थ थिए ।

शुक्रबार विहानको खाना खाइसकेपछि दुवैजना सँगै बसिरहेका थिए ।

‘घटना हुनु अगाडिसम्म कोमलले पूर्णबहादुरको टाउकोको जुम्रा हेरिरहेका थिए भन्ने बुझिएको छ,’ कारागार सुरक्षा कार्यालयका एक प्रहरी कर्मचारीले खबरहबसँग भने, ‘पछि सामान्य विवाद हुँदा कोममले सिमेन्टको ब्लकले पूर्णबहादुरको टाउकोमा हिर्काएका रहेछन् । सिमेन्टको ब्लकले लागेर उनको मृत्यु भएको छ ।’

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  २ : १८ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही