खार्किभमा रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो « Khabarhub

खार्किभमा रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रूसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

खार्किभ अभियोजकको कार्यालयले शुक्रबार ६१ वर्षीया एक महिलाको मृत्यु भएको र उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् । रूसको नियन्त्रणमा रहेको डोनेत्स्क क्षेत्रमा युक्रेनी अधिकारीहरूले बिहीबारको रूसी आक्रमणमा परी छ जना घाइते भएको बताएका छन् ।

दक्षिणी क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुदिनले एस–३०० क्षेप्यास्त्र आक्रमणमा परेर खेरसनमा एक व्यक्ति घाइते भएको बताएका छन्। 

उनले सन् २०२२ को अधिकांश समय रूसी सेनाको नियन्त्रणमा रहेको उक्त सहरको अग्लो आवासीय भवन र घरहरूमा क्षति पुर्‍याएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

रूसले बारम्बार आवासीय क्षेत्रलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२२ को फेब्रअरीयता युक्रेनमा कम्तीमा १० हजार सर्वसाधारण मारिएका छन् ।

रूसले आक्रमण गरेको करिब दुई वर्षयता पूर्व र दक्षिणमा रहेका युद्धग्रस्त तथा अग्रपङ्तीका शहर र शहर नजिकका ग्रामीण इलाकामा दैनिक गोलाबारी हुने गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : १४ बजे

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।