खार्किभमा रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो | Khabarhub Khabarhub

खार्किभमा रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रूसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

खार्किभ अभियोजकको कार्यालयले शुक्रबार ६१ वर्षीया एक महिलाको मृत्यु भएको र उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् । रूसको नियन्त्रणमा रहेको डोनेत्स्क क्षेत्रमा युक्रेनी अधिकारीहरूले बिहीबारको रूसी आक्रमणमा परी छ जना घाइते भएको बताएका छन् ।

दक्षिणी क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुदिनले एस–३०० क्षेप्यास्त्र आक्रमणमा परेर खेरसनमा एक व्यक्ति घाइते भएको बताएका छन्। 

उनले सन् २०२२ को अधिकांश समय रूसी सेनाको नियन्त्रणमा रहेको उक्त सहरको अग्लो आवासीय भवन र घरहरूमा क्षति पुर्‍याएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

रूसले बारम्बार आवासीय क्षेत्रलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२२ को फेब्रअरीयता युक्रेनमा कम्तीमा १० हजार सर्वसाधारण मारिएका छन् ।

रूसले आक्रमण गरेको करिब दुई वर्षयता पूर्व र दक्षिणमा रहेका युद्धग्रस्त तथा अग्रपङ्तीका शहर र शहर नजिकका ग्रामीण इलाकामा दैनिक गोलाबारी हुने गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : १४ बजे

व्यवहारिक र वस्तुनिष्‍ठ बजेट निर्माण हुने छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र

जलवायु परिवर्तन सम्बन्धी मुद्दामा सहकार्य र समन्वय आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा

जलविद्युत कम्पनीबाट कानुन बनाएर जरिवानासहित रोयल्टी असुल गर्नुपर्ने

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले कानुन बनाएर जलविद्युत कम्पनीबाट रोयल्टीबापतको ब्याज

क्यानसँगको सम्झौता तोडेका सन्दीप भन्छन्- कहिलेकाहीँ निर्णय छुट्टिन होइन, अघि बढ्न लिइन्छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट

रवीन्द्र मिश्रलाई मिसिलसहित उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई