सडक व्यापारीले महानगरविरुद्ध आन्दोलन गर्ने « Khabarhub

सडक व्यापारीले महानगरविरुद्ध आन्दोलन गर्ने


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, माघ १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घका अध्यक्ष माया गुरुङले जानकारी दिएका छन् । 

उनका अनुसार माघ १८ मा गृह मन्त्रालय, माघ १९ मा प्रधानमन्त्री कार्यालय, माघ २१ मा नेकपा समाजवादी पार्टी कार्यालय, माघ २२ मा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, माघ २३ मा नेपाली कांग्रेस पार्टी कार्यालय र माघ २४ मा नेकपा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

सङ्घर्ष समितिले माघ २८ गते व्यापक जनसहभागितासहित थाल, चम्चा ठटाउँदै जुलुस प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए । आन्दोलनका कार्यक्रम घोषणा गर्दै महानगरसमक्ष सातबुँदे माग अघि सारिएको उनको भनाइ थियो ।

महानगरले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सञ्चालन गर्ने कार्य सुनिश्चित गरिनुपर्नेलगायत माग सङ्घर्ष समितिको छ ।

महानगरमा तत्काल श्रम डेस्क स्थापना गरी स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणलगायत श्रम व्यवस्थापनसँग सम्बन्धित काम थालनी गर्नुपर्ने, दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रमुख वा उपप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिमा रहेका ट्रेड युनियनहरूको प्रतिनिधिसहित सरोकारवाला सम्मिलित उच्चस्तरीय अधिकार सम्पन्न व्यवस्थापन कार्यदल तत्काल गठन गर्नुपर्ने, महानगर प्रहरीको धरपकड अविलम्ब बन्द गरिनुपर्ने र स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने माग राखिएको समितिमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी सङ्घका अध्यक्ष लिलाबहादुर दाहालले बताए।

श्रमिक सङ्घका अध्यक्ष गुरुङ व्यवसायीहरूको माग सम्बोधन गर्न चासो नदेखाए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताए। उनले महानगरसँग लडाइँ गर्नुभन्दा वार्ता गरेर दीर्घकालीन समाधान खोजेको बताए।

व्यापार श्रमिक संगठनका अध्यक्ष सापकोटाले सडक व्यापारी सधैँ सडकमै बस्न नचाहेको बताए । व्यापार व्यवस्थित गरी महानगरले स्वरोजगार सडक व्यापारीलाई करको दायरामा समावेश गरेर व्यवस्थापन गर्नुपर्ने माग राखे ।

सायी सङ्घका अध्यक्ष दाहालले महानगर प्रहरीले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि सामान लिन जाँदा व्यापारीले सामान नै नपाएको बताए।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ५० बजे

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका