विमानस्थलमा कर्मचारी कुटिएको विषयमा छानविन समिति गठन | Khabarhub Khabarhub

विमानस्थलमा कर्मचारी कुटिएको विषयमा छानविन समिति गठन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । 

शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच विवाद हुँदा प्रहरीले कर्मचारीलाई पिटेका थिए । 

घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो । समितिका सदस्यमा डीआईजी राजेशनाथ बास्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी छन् । 

समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

शुक्रबार बिहान अध्यागमनका अधिकृत छायालाल मोक्तानसँग प्रहरीको विवाद भएको थियो । यसक्रममा प्रहरीले आफूलाई पिटेको मोक्तानको भनाइ छ ।

आगमन कक्षबाट प्रस्थानकक्षतिर जाने क्रममा प्रहरीले मोक्तानलाई मेटल डिटेक्टर लगाएर जाँच लिन खोज्दा विवाद भएको थियो ।

आफू अध्यागमनको अधिकृत भएको र मेटल डिटेक्टर लगाइरहनु नपर्ने भन्दाभन्दै प्रहरीले हातपात गरेको मोक्तानको गुनासो छ । उनका अनुसार प्रहरीले लात्ती प्रहार गरेका थिए ।

घटनापछि अध्यागमन कार्यालयका प्रमुखले सीसीटीभी फुटेज जाँच गरेका थिए । सो घटनामा प्रहरीकै कमजोरी देखिएको अध्यागमन स्रोतको दाबी छ ।

घटना लगत्तै विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्दले अध्यागमनका कर्मचारीसँग छलफल गरेका थिए ।

अब यो घटनामा  तीनदिनभित्र छानविन गरी प्रतिवेदन आएपछि दोषीमाथि कारवाही गरिने गृह मन्त्रालय स्रोतले बतायो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ३७ बजे

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी

सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो

कुम्भराजको बयान- धनराज पत्नी ज्योतिले सहकारीको साढे १२ करोडले बिटक्वाइन किनिन्

काठमाडौं- ललितपुरको महालक्ष्मीस्थान नगरपालिका-५ स्थित मितेरी बचत तथा ऋण सहकारी