मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु « Khabarhub

मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमंगोलियाको राजधानीमा भएको ग्यास ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिबार जनाएको छ ।

विस्फोटका कारण शरीरको ८०-९०  प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ । 

करिब ६० टन ग्यास बोकेको एउटा ट्यांकर बुधबार राजधानीको दक्षिणपूर्वी जिल्लाको एक चोकमा विस्फोट भएको प्रहरीले जनाएको छ । केन्द्रका अनुसार विस्फोटका क्रममा अन्य दश  जनाभन्दा बढी घाइते भएका छन् ।

विस्फोटका कारण ३० भन्दा बढी सवारी साधनहरू जलेको तथा नजिकैका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ५ : २६ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी