तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्छ– नेता नेपाल « Khabarhub

तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्छ– नेता नेपाल


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न पार्टीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले सरकारले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणको एजेन्डालाई मुख्य नारा बनाएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।

तुलसीलाल स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरणको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने गरी पार्टीका नेता, कार्यकर्ताहरुले पनि आफ्नो क्षमताको प्रर्दशन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

वरिष्ठ नेता नेपालले तुलसीलाल अमात्यजस्ता दुरदृष्टि भएका नेताहरुका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै अव जनताको जीवनमा परिवर्तन हुने गरी आर्थिक समृद्धिको एजेन्डालाई अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : ४८ बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ