तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्छ– नेता नेपाल « Khabarhub

तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्छ– नेता नेपाल


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न पार्टीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले सरकारले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणको एजेन्डालाई मुख्य नारा बनाएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।

तुलसीलाल स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरणको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने गरी पार्टीका नेता, कार्यकर्ताहरुले पनि आफ्नो क्षमताको प्रर्दशन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

वरिष्ठ नेता नेपालले तुलसीलाल अमात्यजस्ता दुरदृष्टि भएका नेताहरुका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै अव जनताको जीवनमा परिवर्तन हुने गरी आर्थिक समृद्धिको एजेन्डालाई अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : ४८ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने