प्रहरी महानिरीक्षक सम्मानित « Khabarhub

प्रहरी महानिरीक्षक सम्मानित


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजन अधिकारी सम्मानित भएका छन् ।

भरतपुर–५ रहेको प्रहरी–नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)को दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन अवसर पारेर भरतपुर महानगर प्रमुख रेनु दाहालले उनीहरुलाई सम्मानपत्रसहित ढोसल्ला ओढाइ सम्मान गरीन् ।

सडक बालबालिका उत्थान र विकासका लागि पिटुसिटुको स्थानीयसँगै सडक बालबालिका मुक्त समाज निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईँले जानकारी दिए ।

चितवनमा प्रहरी प्रमुख हुँदा आइजिपी कुँवर र जिल्ला प्रवक्ता हुँदा एसएसपी अधिकारी प्रत्यक्ष संलग्नतामा यहाँ पिटुसिटु स्थापना भएको थियो । विसं २०७२ को असोजमा चितवन प्रहरीमार्फत सडक बालकको व्यवस्थापन गराउने अभियान थालेकामा २०७३ वैशाख १ गते विधिवतरूपमा स्थापना भएको थियो ।

महानगर प्रमुख दाहालले बालबालिकाका क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताइन् । महानगरले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उनले उल्लेख गरीन् । महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर–२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको बताइन् ।

यस्तै बुवाआमा नभएका बालबालिकालाई सडकसम्म आउन नदिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताइन् ।

महानिरीक्षक कुँवरले बालबालिका विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताउनुभयो । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधैँ उच्च जोखिममा जाने हिंसा शोषण र दुव्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे।

उनीहरू नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने वयस् ले जस्तो विरोध गर्न पनि सक्दैनन् । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्षक कुँवरले बताए ।

अभिभावकविहीन अवस्थाका बालकलाई प्रक्रिया पुर्याएर पिटसिटुमा राख्ने व्यवस्था मिलाएको छ । पिटुसिटुले हालसम्म करिब ८० जना बालकलाई परिवारसँग पुनःमिलन गराइसकेकामा हाल ४० जना संरक्षित बालक रहेका पिटुसिटुमा रहेको अध्यक्ष बेलबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : २६ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत