चार सय विपन्न परिवारलाई खाट वितरण « Khabarhub

चार सय विपन्न परिवारलाई खाट वितरण


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले विपन्न परिवारलाई खाट वितरण गरेको छ । शिवसताक्षी–४ ले वडाका चार सय विपन्न परिवारलाई खाट वितरण गरेको हो ।

विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताए । ‘वडामा अधिकांश विपन्न समुदायको बसोबास छ’, उनले भने, ‘घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौँ ।’

शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताए ।

उनले खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको बताए । वडा नं ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत समुदायको ठूलो बसोबास छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : २८ बजे

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

काठमाडौं– अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

एमाले-नेकपा सहमति : कहाँ कसको नेतृत्व ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश