व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गरिँदै | Khabarhub Khabarhub

व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गरिँदै


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ । घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ । जुन व्यास नगरपालिका– ३ स्थित देउराली नगरमा पर्छ ।

उक्त पाटी विसं २००७ मा निर्माण गरिएको तथ्य फेलापरेको छ । हिजोआज सम्पदाका रूपमा रहेका पाटीपौवा र ठाँटी उचित संरक्षण अभावमा लोप हुँदै गएका छन्।

लोपोन्मुख अवस्थामा पुगेको यो पाटीको संरक्षणमा तनहुँका एक व्यक्ति आफ्नो व्यक्तिगत लगानीमा मर्मतसम्भार कार्यमा लागेका छन् । जिल्लाको व्यास नगरपालिका– ४ निवासी आइतबहादुर घले निजी खर्चमा पाटी संरक्षणमा लागेका हुन् ।

इतिहास मेटिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ आफू यसको संरक्षणमा जुटेको घलेले बताए । सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि आफूमा भित्रैदेखि इच्छा जागेर आएको उनको भनाइ छ ।

‘आफूले गर्ने व्यक्तिगत र घरखर्चमा मितव्ययिता अपनाएर भए पनि पाटी संरक्षण गर्ने अठोटका साथ अघि बढेको हुँ’, उनले  भने । स्थानीय टोल विकास संस्था, व्यास नगरपालिकाबाट स्वीकृति लिएर मर्मतसम्भारको काम थालेको छु, ‘करिब एक साताको अवधिमा जीर्ण बनेको पाटीलाई हेर्न लायकको बनाउनेछु ।’ पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मतसम्भार गरी संरक्षण गर्न लागिएको हो ।

पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने घाँसीकुवा पारिपट्टि व्यास– ११ मा अहिले पनि नहर्की बस्ती छ । उक्त पाटी त्यो समयमा नहर्की समुदायले बनाएका थिए । उक्त स्थानमा रहेको पाटी जीर्ण बनेकाले भत्काएर काठ ल्याई पुनः दमौलीघाट नजिक पाटी निर्माण गरिएको बताइन्छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ४० बजे

नयाँ पार्टीको नाम जुराउन जनार्दनको टिमसँग छलफलमा सन्तोष र मानुषी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियारले माओवादी

म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव 

म्याग्दी– आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर

महान्यायाधिवक्ता भण्डारीलाई तत्काल पदमुक्त गर्न जेन-जी अगुवा अन्सारीको माग

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा माजिद अन्सारीले महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल

राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी