‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय  « Khabarhub

‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय 


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ ।

चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एमाले अध्य्क्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

पछिल्लो एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर सो फिल्मको निर्माण गरिने अभिनेता ढुङ्गानाले जानकारी दिए । रमित ढुङ्गानाकै ब्यानरमा बन्ने यस फिल्मको कथा शिभम अधिकारीले लेखेका हुन् । लगानी पनि ढुङ्गाना कै रहेको छ ।

केपी ओली प्रधानमन्त्रीको भूमिकामा देखिने छन् । फिल्ममा रमितको पनि अभिनय रहनेछ । यस फिल्ममा धेरै नवकलाकारहरुले पनि अवसर पाएका छन् ।

आरती आचार्य, रचना गौतम, प्राप्ती पौडेल, टिकटक स्टार इभा गिरी, प्रभात पल ठकुरी सन्दीक लोहनी, अकिल बजगाईँ सिजन राउतलगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ४४ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६