वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न जोड : नेपालको दस्तावेजसहित   « Khabarhub

वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न जोड : नेपालको दस्तावेजसहित  


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोसिस भइरहेकामा चिन्ता व्यक्त गर्दै वर्तमान व्यवस्थाका पक्षधर सजग हुनुपर्ने बताए । “मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरु सजग हुनुपर्छ”, अध्यक्ष नेपालले भने ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले समाजमा विद्यमान वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए ।

उनले विश्व राजनीतिको चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय मुद्रास्फितिले विश्व सामाजिक परिवेशमा हुनसक्ने प्रभावका साथै त्यसले मुलुकको अर्थतन्त्रमा पर्ने नकारात्मक असरबारे धारणा राखे । नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा गठन गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजिक अन्तर्विरोधको न्यूनीकरण गर्न वर्गीय विभेद्को अन्त्य गर्नुपर्ने बताए । उनले तीन तहको सरकारमा पार्टीको सहभागिता रहेको जनाउँदै जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिए ।

विद्यमान समाजवादी मोर्चालाई कायमै राख्नुपर्ने भन्दै उनले हालैको राष्ट्रियसभा निर्वाचनको परिणामका आधारमा वर्तमान सत्ता गठबन्धन विभाजित हुन नहुने पनि बताए । उनले बैठकबाट पारित विधानबमोजिम पार्टीको प्रथम महाधिवेशन हुने जानकारी दिए ।

सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष डा वेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, नेकपा ९एमाले० बाट अलग भएर नयाँ पार्टी गठन गर्नुको औचित्यका विषयमा सम्बोधन गरेका थिए ।

आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीतिबारे अध्यक्ष नेपालको लिखित दस्तावेज :-

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ४४ बजे

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक