केही नेताहरुको बन्धक भएकाले देश संकटमा पर्‍यो : महामन्त्री थापा | Khabarhub Khabarhub

केही नेताहरुको बन्धक भएकाले देश संकटमा पर्‍यो : महामन्त्री थापा


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेताहरुको बन्धक भएकाले मुलुक संकटमा पर्दै गएको बताएका छन् ।

संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सिमित मानिसको मुलुक कब्जामा रहेको आरोप लगाए । उनले पार्टी र्निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरुको सिण्डिकेट बन्न पुगेको जिकिर गरे । उनले पालैपालो सत्ता संचालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरु सिर्जना भएको धारणा राखे ।

महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाडै नै सुवर्र्णशम्शेर आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए । उनले मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउदै अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गरे ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ५६ बजे

उमा कुङफुको ग्रोडिङ

काठमाडौं– नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका

 क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि

बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति

विराटनगर– अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

बैङ्कक– भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ ।