ठगीको आरोपमा ललितपुरका श्रेष्ठ पक्राउ « Khabarhub

ठगीको आरोपमा ललितपुरका श्रेष्ठ पक्राउ


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप लागेका ललितपुरका अनिल श्रेष्ठ पक्राउ परेका छन् । ठगी तथा अपराधिक विश्वासघातको आरोपमा उनी पक्राउ परेका हुन् ।

ललितपुर प्रहरी परिसरको टोलीले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाएको छ । ललितपुर महालक्ष्मी नगरपालिका–९ का श्रेष्ठले लुभुकी एक महिलामाथि ठगी तथा अपराधिक विश्वासघात गरेको उजुरी काठमाडौं प्रहरीमा परेको थियो ।

सोही उजुरीको आधारमा उनी पक्राउ परेको काठमाडौं प्रहरी परिसरका डीएसपी अंगुर जीसीले जानकारी दिए । प्रहरीका अनुसार श्रेष्ठले एकल महिलाको चेकमा आफैँले एक करोड ८६ लाख रुपैयाँको चेक बाउन्स गरेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।

श्रेष्ठको आपराधिक कर्म यतिमै सीमित छैन । उनी यसअघिसमेत पटक–पकट पक्राउ पर्दै छुट्दै आएका आरोपित हुन् । यसअघि २०७९ मा उनी आफ्नै एक सहकारीका कर्मचारीको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा पक्राउ परेका थिए ।

महालक्ष्मी नगरपालिका–८, लुभुकै ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा उनले पेस्तोल राखेको आरोप लागेको थियो । त्यसअघि उनी बहुविवाहको मुद्दामा समेत पक्राउ परेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ४७ बजे

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौं – राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक