ठगीको आरोपमा ललितपुरका श्रेष्ठ पक्राउ « Khabarhub

ठगीको आरोपमा ललितपुरका श्रेष्ठ पक्राउ


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप लागेका ललितपुरका अनिल श्रेष्ठ पक्राउ परेका छन् । ठगी तथा अपराधिक विश्वासघातको आरोपमा उनी पक्राउ परेका हुन् ।

ललितपुर प्रहरी परिसरको टोलीले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाएको छ । ललितपुर महालक्ष्मी नगरपालिका–९ का श्रेष्ठले लुभुकी एक महिलामाथि ठगी तथा अपराधिक विश्वासघात गरेको उजुरी काठमाडौं प्रहरीमा परेको थियो ।

सोही उजुरीको आधारमा उनी पक्राउ परेको काठमाडौं प्रहरी परिसरका डीएसपी अंगुर जीसीले जानकारी दिए । प्रहरीका अनुसार श्रेष्ठले एकल महिलाको चेकमा आफैँले एक करोड ८६ लाख रुपैयाँको चेक बाउन्स गरेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।

श्रेष्ठको आपराधिक कर्म यतिमै सीमित छैन । उनी यसअघिसमेत पटक–पकट पक्राउ पर्दै छुट्दै आएका आरोपित हुन् । यसअघि २०७९ मा उनी आफ्नै एक सहकारीका कर्मचारीको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा पक्राउ परेका थिए ।

महालक्ष्मी नगरपालिका–८, लुभुकै ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा उनले पेस्तोल राखेको आरोप लागेको थियो । त्यसअघि उनी बहुविवाहको मुद्दामा समेत पक्राउ परेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ४७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले