संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै « Khabarhub

संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २३औँ बैठक आज बस्दैछ ।

आज बिहान संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला संघ–संस्थालगायतसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव अधि राज राईले जानकारी दिए ।

यस्तै, आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यता, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ । दिउँसो साढे १ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ४१ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी